दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मन्त्रालय भागबण्डामा सहमति जुटाउन आजपनि सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा आज बस्ने बैठकले सत्ता सहयात्री दलहरुमा मन्त्रालयको भागबण्डामा न्युनतम सहमति जुटाउने प्रयास थाल्ने बताएको छ । ‘आजको बैठकले सत्ताको भागबण्डा, सरकारका न्यूनतम साझा कार्यक्रमका बारेमा सहमति जुटाउने छ, कार्यदलका एक सदस्यले भने । हिजो नै सहमति जुटाउने प्रयास भए पनि भागबण्डामा सहमति जुट नसकेपछि आजका लागि बैठक बोलाइर्एको हो ।

शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन । सत्ता सहयात्री दलहरुमा मन्त्रालय भागबण्डामा जनमोर्चा, माधव नेपाल समूह सरकारमा नजाने बताउँदै आएको छ यता माओवादी अध्यक्ष प्रचण्डले भने मन्त्री बन्ने धेरै आकाँक्षी भएकाले सन्तुलन गर्न गाहो भएको बताउँदै आएका छन् । प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : ०२ बजे