दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भ्याकेटको निवेदनमा अध्यक्ष ओलीको पक्षमा आदेश, कर्णालीका चार सांसदमाथिको कारवाही सदर

काठमाडौं– कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरूलाई गरेको कारवाही सदर गर्ने आदेश गर्नुभएको हो ।

नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूलसमेत मान्न नसकिने भन्दै एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला,अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारवाही र सांसदबाट प्रदेशसभाले गरेको पदमुक्तिलाई सदर गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ३३ बजे