साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मागे माँफी 

काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाली जनतासँग माँफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । दुई साता अघि अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको अभिब्यक्तिपछि राष्ट्रिय टोलिका प्रशिक्षण समेत प्रभाबित भएको छ । उक्त विवादकै बीच एन्फाका प्रवक्ता किरण राईले सोमबार पदबाट राजिनामा दिएका छन् । एन्फाले उक्त विवादबारे छानबीन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेको थियो ।

प्रशिक्षक अलमुतैरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले गलत मनशायले कुनै पनि अभिब्यक्ति नदिएको भएपनि नेपाली जनता र विशेषगरी फुटबल अधिकारी तथा पूर्ब खेलाडी, प्रशिक्षकसँग क्षमा चाहेको बताएका छन्। करिब एक महिना अगाडि प्रमुख प्रशिक्षक अलमुतैरीले एक अनलाइन मीडियासँग अन्तर्वाताको क्रममा नेपालको बिगत्को खेलाडी र प्रशिक्षकको आलोचना गरेका थिए। 

अलमुतैरीले आफू कसैप्रति पूर्बाग्रही भएर अन्तर्वातामा टिप्पणी नगरेको बताएका छन् । 

वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गसँगको विवादको विषय प्रमुख प्रशिक्षक अलमुतैरीले सार्वजनिक गरेदेखि प्रशिक्षणमा फर्किएका छैनन । राष्ट्रिय फुटबल टोलि हाल एशियाली फुटबल कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको छ । नेपालले आगामी अक्टोबर महिनामा दक्षिण एशियाली फुटबल च्याम्पियनशीप (साफ)को आयोजना गर्दैछ । प्रतियोगिताको आयोजनाको तयारीसँगै खेलाडीको प्रशिक्षण समेत प्रभाबित बन्दै गएको छ ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ४४ बजे