दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता र गाडीको सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले सुरक्षाबाहेक राज्यका अरु कुनै सुविधा नलिने घोषणा गर्नुभयो ।

मन्त्रालयमा आएपछि सोमबार पहिलो पत्रकार सम्मेलन आयोजना गरेका राज्यमन्त्री श्रेष्ठले आफू पदमा रहुन्जेल आफू संलग्न व्यवसायको कार्यकारी पदबाट राजीनामा दिने घोषणा गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्ममा एक तिहाइ जनसंख्यालाई कोभिड खोप लगाउने र चैत मसान्तसम्म सबैलाई खोपयुक्त बनाउने दाबी गर्नुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : ०९ बजे