दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन सत्तारुढ दलको कार्यदलको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ । 

कार्यदलले न्यूनतम साझा कार्यक्रमको खाका बनाइसकेको छ । खाकालाई अन्तिम रुप दिन बाँकी रहेकोले छलफल जारी रहेको  बताइएको छ । 

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई/दुई जना सदस्य छन् । 

जस अन्र्तगत संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : १७ बजे