साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मे १ सम्म रूसी खोप स्पुत्निक–भी पनि भारत पुग्ने

मस्को ।  कोरोना भाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष ९आरडीआइएफ० ले  भारतमा कोभिड–१९ विरूद्धको खोप स्पुत्निक–भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । 

यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ । 

आरडीआईएफका कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्याउने गरी तयारी भएको छ ।

दिमित्रीभले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ साथै भारत स्पुतनिक–भी का प्रमुख उत्पादकहरूमध्ये एक हुनेछ । भारतीय चिकित्सकहरूले खोपको छिटो पहुँच होस् भन्ने चाहेका पनि उहाँले बताउनुभयो । 

“स्पुतनिक खोपको राम्रो अध्ययन र धेरै राम्रो ‘ब्याकअप’ छ, त्यसैले म आशा गर्छु कि हामीसँग यो खोप पनि यथासक्दो चाँडो आउनेछ,” रूसी समाचार संस्था तासले नयाँ दिल्लीको सुपर स्पेशलिटी अस्पतालका वरिष्ठ चिकित्सक संदीपनेयरलाई उद्धृत गरी लेखेको छ ।

हाल भारतले एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको कोभिशिल्ड र भारतको बायोटेकले बनाएको कोभ्याक्सिन गरी कोरोना भाईरसका दुई खोपलाई प्रयोग गरिरहेको छ ।

रूसले स्पुत्निक भीलाई विश्वको सबैभन्दा पहिले मान्यताप्राप्त कोरोनाभाइरस खोपका रूपमा दर्ता गरेको थियो र यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । यो खोप विश्वभरिका विभिन्न ६० देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमोदित भएको छ ।

द ल्यान्सेटमा प्रकाशित परीक्षणको एक अन्तरिम विश्लेषणका अनुसार खोपको ९१.६ प्रतिशत प्रभावकारिता छ । रासस÷एएनआई

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : १३ बजे