साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

ललितपुरका उद्योगी व्यवसायीलाई आज कोरोना विरुद्धको खोप लगाइँदै

​​​​​​​

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आज उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । 

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले शुक्रबार एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगाइने जानकारी गराउनुभएको थियो । सोही अनुसार आज उद्योगी तथा व्यवसायीलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउन लागिएको हो ।

उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै बढाउन सङ्घले महानगरपालिकाको ध्यानाकर्षण समेत गराइएको थियो । न्याछ्योंद्वारा हस्ताक्षरित पत्रमा बाँकी रहेका पाँच पालिकाका सो क्षेत्रका व्यक्तिलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको थियो । ​​​​​​​

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : १३ बजे