‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सप्तरीको छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी, भारतीय सीमा नाका बन्द

राजविराज ।  सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । 

आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ । 

खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ । 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ३८ बजे