साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । 

सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । 
यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । 

साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले रु ७५ लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले रु ५० लाख पाउने गरेको थियो । 

यस्तै लिग उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई रु २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ । 

ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि रु २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । 

लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् । 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : २० बजे