दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘कु’बाटोबाट बनेको प्रतिगामी सरकारको दादागिरी सुरु भयो, प्रतिवाद गरौं : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई  प्रतिगमनकारीको सरकार भएको भन्दै सरकार गठन  लगत्तै  प्रतिगामीहरुको दादागिरी सुरु भएको बताउनुभएको छ । 
बर्तमान सरकार  निर्वाचनबाट नभइ कुबाटोबाट आएको बताउँदै अध्यक्ष ओलीले बर्तमान सरकारले दमनको सुरुवात गरेको बताउनुभयो ।  

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले भन्नुभयो,‘सरकार बने लगत्तै प्रतिगामीहरुले दादागिरी सुरु गरे, यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

उहाँले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार एमाले भित्रैका निष्ठा  बेच्नेहरुका कारण  बनेको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरु  निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गए जस  कारण प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आयो’, ओलीको भनाइ थियो  ।

अध्यक्ष ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाउनुभयो े  । उहाँले  माधव नेपाललाई बेसरमको शंज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’

उहाँले ऋषिमुनिका कालखण्डमा यज्ञ र ध्यान पनि भत्काउने तथा बिगार्ने षड्यन्त्र हुने गरेको भन्दै अहिले पनि एमालेमाथि त्यस्तै षड्यन्त्र भइरहेको बताउनुभयो ।  

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : १२ बजे