दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक : असोज ९ भित्र सबै स्थानीय तहका अधिवेशन गरिने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशन यही असोज ९ भित्र सक्ने निर्णय गरेको  छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

एमालेले यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।  महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताउनुभयो । एमालेले पार्टी एकतावद्घ गर्न सबै प्रयास जारी राखिने निर्णय समेत गरेको छ । बैठक भोलि ३ बजे पुन ः बस्ने गरी स्थगित गरिएको छ । 

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ४७ बजे