दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

गठबन्धनबीच नै कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुन सकेन : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले साउन २० गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आइतबारको बैठकले  तयारी पूरा नभएको भन्दै केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो । 

बैठक पछि संचारकर्मीसँग बोल्नुहुँदै माओवाद केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय भएको जानकारी दिनुभयो । केन्द्रीय कमिटि बैठक साउन ३० गते हुने श्रेष्ठले जानकारी दिनुभयो । बैठकले तत्काल सबै प्रदेश कमिटीहरूलाई वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा लिएर आउन  निर्देशन दिने निर्णय गरेको छ । 

सरकार बिस्तारमा गठबन्धनका दलहरूबीच नै सहमती हुन नसकेकाले  केही समय ढिलाइ भएको श्रेष्ठले जानकारी दिनुभयो । सरकारमा सहभागी हुने नहुने भन्नेबारे गठबन्धनमा सहभागी दल र नेताहरु बीच एकमत नहुँदा सरकार विस्तारमा समस्या भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ०२ बजे