‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चीनले नेपाललाई १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री दिने

काठमाडौं, बैशाख १४ । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गर्नुभएको हो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

परराष्ट्रमन्त्रीले ६ देशको भिडियो सम्मेलनलाई सम्बोधन गरेको र कोभिड रेस्पोन्स र रिकभरीका लागि क्षेत्रीय साथै अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ३० बजे