दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मेलम्चीमा पुनः बाढी,  रेडियो मेलम्चीको भवन  ढल्यो, केही घरमा क्षति  

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ भने बाढीले केही घरमा क्षति पुर्याएको छ । 

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।  हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिवार राति नै सतर्क हुन अनुरोध गर्नु भएको थियो ।

त्यस्तै हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानिय हस्त पण्डितले जानकारी दिनु भएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ  । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : १८ बजे