साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रदेखि तल्लो तहसम्म ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पेस भएको अन्तरिम विधान केन्द्रीय कमिटीमा प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको छ ।

श्रेष्ठले केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको बताए ।

त्यसैगरि बैठकले पार्टीको सबै कमिटीमा ४० वर्ष उमेर समूहका युवा कम्तीमा २० प्रतिशत राख्नेगरी निर्णय गरेको छ । पार्टीको सबै समितिका पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने पनि बैठकले निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे