दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हामी नयाँ पार्टी बनाएर सरकारमा जान्छौँ : मेटमणि चौधरी

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको बताए । हामीले अर्को पार्टी निर्माण गर्न सकेनौँ भने हाम्रौ आँखा अगाडि एमाले समाप्त हुनेछ । १६५ निर्वाचन क्षेत्रमै एउटा पनि नजित्ने अवस्था आउन सक्छ, उनले भने । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे ।  उनले पार्टी फुटाएर नयाँ पार्टी बनाउने संकेत गरे । आफूहरूले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने बताए । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरू पनि आफूहरूसँग आउने उनको दाबी छ । 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ०५ बजे