काठमाडौँ– काठमाडौँ उपत्यकामा २४ घण्टामा १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १९६६ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभएको हो ।
हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा १९ सय १२ जना कोरोना संक्रमित थपिएका थिए ।
प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार ५ : ४८ बजे
प्रतिक्रिया