‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एकैदिन ४ हजार ३६४ कोरोना सङ्क्रमित थपिए, १८ को मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसका ४ हजार ३६४ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार  देशभरका विभिन्‍न प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणमा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ५५५ जना संक्रमित उपचार पश्चात डिस्चार्ज भएका छन् ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २६ हजार २२५ जना सक्रिय  कोरोना संक्रमितहरु रहेका छन्  ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टाभित्रमा १८ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १९४ जना पुगेको  छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : २२ बजे