दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

३३ किलो सुन काण्डमा संलग्न भोजराज भण्डारी पक्राउ

काठमाडौं । ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्।  ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाई आज गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । २०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो। सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) त्यस बेला नै थुनामा परेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ५५ बजे