दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्मार्ट लकडाउनमा जान स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए । उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने जनाएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३१ हजार १४ रहेको छ । हालसम्म देशभर कुल ९ हजार ८३४  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।  पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा संक्रमणको दर बढ्दै गएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : १९ बजे