दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसएसबीले तुइन काटेको घटनाको  अनेरास्ववियूद्वारा निन्दा, ज्यादती विरोध सरकार नबोलेको आरोप

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनाको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले निन्दा एवं भत्र्सना गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिँदा ३५ वर्षीय नेपाली नागरिक जय सिंह धामी बेपत्ता छन् ।

अनेरास्ववियुले उक्त घटना संलग्नलाई तत्काल कारबाही गरी पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । 

अनेरास्ववियुका संयोजक ऐन महरले घटनाको विषयमा सरकार नबोलेको भन्दै आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट सरकार बिमुख हुने छुट  नभएको बताउनुभयो ।

अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै भारतीयले नेपालीमाथि ज्यादती गरेको बताउँदै भारतको दादागिरी कहिलेसम्म सहने भन्दै प्रश्न गरेको छ । 

जारी विज्ञप्तिमा भनिएको छ,‘के नेपाली जनताले सधै नै उस्को ज्यादती र दादागिरी सहेर बस्नुपर्ने हो ? उस्को अगाडि निरीहता र लघुताभास बोध गर्नुपर्ने हो ? खोइ हाम्रो स्वाधीनता, सार्वभौमक्ता, स्वतन्त्रता र स्वाभिमान को रक्षा गरेको ? भारतको लागि बनेको कम्फर्टेबल सरकार किन मुखदर्शक बनेर बसेको छ ? आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारी बाट बिमुख हुने छुट यो सरकार लाई छ ? अनेरास्ववियु यो सरकारलाई गम्भीर प्रश्न गर्दछ ।’
धामीसदरमुकाम खलङ्गा आउने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएका थिए ।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित  छन् । 

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : १६ बजे