पर्सा – भारत अवैध रुपमा भित्रिएका तथा कागजपत्र नभएका भारतीय नम्बर प्लेटका १० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ ।
विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतबाट समेत खटिएको प्रहरीले टोलीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला पारी ती मोटरसाइकलहरु नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार २ : ४४ बजे
प्रतिक्रिया