दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘एमसीसीसँग भएका सम्झौता सार्वजनिक होस्, त्यो जनताले थाहा पाउनुपर्छ’ : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग गोप्य सम्झौता पनि भएको दाबी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले सबै सम्झौता सार्वजनिक गर्न माग गरेका छन् । ‘एमसिसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’ उनले भने । ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’

आफू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलमा रहँदा एमसिसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको भन्दै रावलले कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको बताए। 

यसअघि भएका असमान सन्धी सम्झौताले अहिलेसम्म नेपालीहरु पीडित हुनुपरेको भन्दै रावलले राष्ट्रहित विपरीतका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुनेमा उनले जोड थियो । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : १८ बजे