काठमाडौँ – आज साउन १५ गते खीर खाने दिनको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालयले खीर खुवाउने भएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टीको थापाथली स्थित केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभएको हो ।
नेपालका किसानहरूले साउन १५ गते दही चिउरा खाएर रोपाई गर्ने र रोपाई सकिएपछि खीर खाने चलन रहेको कारण यस वर्ष पनि कार्यक्रम आयोजना गरेको सचिव तामाङले बताउनु भयो ।
आज शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयमा आउन सबैलाई निम्ता पठाइएको तामाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १ : २५ बजे
प्रतिक्रिया