दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जसपाको आधिकारिकता विवादमा महन्थ ठाकुरको रिटमाथि सुनुवाइ सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्य कायम गर्ने विषयमा गरेको निर्णयविरुद्ध ठाकुरले साउन ८ गते दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।

निर्वाचन आयोगले पार्टी दर्ता भएको समयमा कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्त ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।

तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रेग्मीको इजलासले आज दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगले भने जसपा विवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ । आयोगले उपस्थित गराएर हेडकाउण्ट गर्दा अध्यक्ष यादवको पक्षमा ३४, अध्यक्ष ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ बसेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे