दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

क्रियाशील सदस्यता छानबिनका लागि काँग्रेसका शीर्ष नेता बूढानीलकण्ठमा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा छलफलमा जुट्नुभएको छ  । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरु बूढानीलकण्ठमा बैठक बस्न लाग्नुभएको पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

काँग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले साउन १३ गतेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा अन्तिम प्रतिवेदन बुझाएको थियो । तर, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गोमा पु(याउन साउन १४ गतेसम्मको लागि २४ घण्टा समय समितिलाई पुनः प्रदान गरियो । हिजो बूढानीलकण्ठस्थित प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा समितिले अन्तिम प्रतिवेदन बुझाइसकेको छ भने क्रियाशील सदस्यताबारे विवाद टुङ्गोमा पु(याउन केन्द्रीय नेताहरुलाई पाँच दिनको समय दिइएको छ ।

शुक्रबार सभापति देउवासहित, वरिष्ठ नेता पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु बैठकमा बस्दै हुनुहुन्छ । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : ४६ बजे