‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सेयरबजारमा सामान्य करेक्सन

काठमाडौं – आज साताको अन्तिम दिन सेयरबजार घटेर बन्द भएको छ।

बिहिबार सेयरबजार मापक  नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा ओर्लेको छ। हिजो नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दुमा (३०९४.९५) पुगेको थियो भने आज सामान्य करेक्सन भएको छ।

हिजो १३ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको मात्र कारोबार भएको छ ।  

सेयरबजार घटेपनि  रिडी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  ६६ रुपैयाँले सेयरको मूल्य बढेको छ । त्यस्तै आज जीवन विकास लघुवित्तको शेयरमूल्य ८.२२ प्रतिशतले  बढेको छ।

त्यस्तै आज बढी गुमाउनेमा गुडविल फाइनान्स, माउन्टेन हाइड्रो र जानकी फाइनान्स रहेका छन् ।

बिहिबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ५ : २४ बजे