दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पहुँचवालको घरघरमा पुगेर खोप लगाउने विराटनगरका मेयरविरुद्ध युवाले गरे प्रदर्शन

विराटनगर  । नगर प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । मेयर पराजुलीले बुधबार साँझ  कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरघर पुगेर खोप लगाइरहेको अवस्थामा विराटनगर ५ मा भेटेपछि स्थानीयहरुले हिजो राती मेयर न्यौपानेलाई लखेटेका थिए । 

 पराजुलीले खोपको दुरुपयोग र अनियमितता गर्दै आफ्ना कार्यकर्तालाई खोप लगाउँदै हिडेको भन्दै बिहीबार युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले, समाजवादी पार्टीलगायतका दलमा आबद्ध युवाले बिहीबार दिउँसो ११ देखि १ बजेसम्म खोपमा अनियमितता गरेको आरोपमा मेयर पराजुलीविरुद्ध नाराबाजी गर्दै विराटनगर महानगरपालिका घेराउ गर्दै  प्रदर्शन गरे । 

 

 उनीहरूले दिनभरि लाइन लाग्दा पनि कसैले खोप लगाउन नपाएको, तर कांग्रेस गुटका कार्यकर्ता भएकै कारणले मध्यराति घरघरमै खोप लगाउने गलत कार्य गरेको भन्दै मेयर पराजुलीमाथि कारबाही हुनुपर्ने माग गरे । 

स्थानीयहरुका अनुसार मेयर पराजुलीले पहुँचवालालाई यसअघि पनि खोप दिलाउने काम गर्दै आइरुहेका थिए । न्यौपानले मापदण्ड लत्याएर अक्सिजन पनि घरघरमा रातिराति विनाप्राविधिक आफैँ पुगेर बाँड्ने गर्थे  ।  

तर,  राति ९ बजे सुटुक्क घरघरमा खोप लगाउने गरेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि  विराटनगर– ५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा खोप लगाउन पुगेका मेयर पराजुलीसहित प्राविधिकहरूको भागाभाग भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात पनि गरेका थिए ।  

विराटनगर महानगरपालिकाले सरकारले तोकेको मापदण्डअनुसार अमेरिकाबाट आयात गरिएको जोन्सन एन्ड जोन्सन खोप ५५ वर्षभन्दा माथिको उमेर समूहलाई लगाइरहेको छ । खोप लगाउन केन्द्रमा मानिस चर्को घामपानी सहेर घन्टौँ लाइन बस्ने गरेका छन् ।   

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  २ : ४० बजे