दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मन्त्रालय भागबण्डाको टुंगो लगाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । सरकार गठन भएको दुई साता वित्दा पनि मन्त्री चयन गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाउनुभएको हो । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा आफनो पार्टीका अध्यक्ष प्रचण्ड सहभागि हुनुभएको बताउनुभयो । 

आजको बैठकमा उपेन्द्र यादव समुह, माधव नेपाल समुहले मन्त्रालयको माग गर्ने तयारी गरेको छ । मन्त्रालयको भागवण्डाका बिषयमा हिजो पनि गठबन्धनको बैठक बसेको थियो । तर सबैले मन्त्रालयको संख्या धेरै माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । आजको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको बारेमा पनि छलफल हुने जनाइएको छ । गठबन्धनमा सहभागि नेपाली कांग्रेसबाट हालसम्म प्रधानमन्त्री बाहेक २ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् ।

कांग्रेसका बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा छन् । माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भूसाल ऊर्जामन्त्रीको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : ३५ बजे