साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी – गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा (एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण  नभई बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन । 

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : ०४ बजे