दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानमन्त्री देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई 

काठमाडौँ । शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।
 
चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई बुधबार बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताउनुभएको छ ।
 
सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गर्नुभएको छ । 

साथै उहाँले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गर्नुभएको छ । 

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश बुधबार नै परराष्ट्रका अधिकारीलाई बुझाउनुभएको हो । ​​​​​​​

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : २६ बजे