दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपतिबाट प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो । 

उहाँहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ४५ बजे