साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टोकियो ओलम्पिकबाट बाहिरिइन् गौरिका, आफ्नै कीर्तिमानमा भने सुधार

काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । महिला एक सय मिटर फ्रिस्टाइल विधा तर्फ पहिलो हिटमा चार पौडीबाजमध्ये तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी एक मिनेट दशमलब ११ सेकेण्डमा पुरा गरिन् । यसअघि उनले विश्व च्याम्पियनशीपमा एक मिनेट दशमलब ६२ सेकेण्ड लगाएकी थिइन् । महिला एक सय मिटर फ्रिस्टाइल विधामा कुल ५१ पौडीबाज सहभागी भएकोमा गौरिका ५० औं स्थानमा रहीन । टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न महिला सय मिटर फ्रिस्टाइलमा नाइजेरियाकी ओगुन्बान्वो अबोला प्रथम भईन । उनले ५९ः७४ सेकेण्डमा एक सय मिटरको दूरी पार गरिन् । मोन्टेनेग्रोकी एन्टुनोभिक एन्डेलाले १ः००ः०१ सेकेण्ड लगाएर दोस्रो हुँदा ग्वाटेमालाकी गोमेज मिनेरी कुरोतो चार खेलाडीको स्पर्धामा चौथो भईन ।

२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ३५ बजे