दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 पदमुक्त भए डीआइजी श्रेष्ठ , सर्वोच्वको अन्तरिम आदेश खारेज

काठमाडौं । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनःपदमुक्त हुनुभएको छ । 

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधवार श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।

डीआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै पदमुक्त भएको एक महिनापछि श्रेष्ठ अदालत जानुभएको थियो । श्रेष्ठको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो । पुनर्वहाली भएको एक साता नपुग्दै श्रेष्ठ फेरी पदमुक्त हुनुभएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ३४ बजे