‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राऊ, पक्राउ पर्नेमा अधिकांश अफगानी

इस्तानबुल ।  टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ । 

इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अबैधरूपमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । 

टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ०४ बजे