दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रदेशप्रमुख फेर्ने माओवादी केन्द्रको सिफारिस र निर्णय गैर संवैधानिक !

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखका लागि सिफारिस गरेका अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा नियुक्ति पाउन संवैधानिक अड्चन देखिएको छ ।

माओवादी स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ । आजै मन्त्रिपरिषद् बैठकले यस विषयमा  निर्णय गर्ने भनिएको छ ।  

संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था रहेको छ । माओवादी केन्द्रको आजको बैठकको निर्णय संविधान विपरित छ ।

प्रदेशप्रमुख बनाउने हुटहुटीमा माओवादी केन्द्रले प्रदेशप्रमुख बन्न पाउनु अवस्था र योग्यताकै ख्याल नगरी निर्णय गरेको पाइएको हो । 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ०१ बजे