साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देउवालाई प्रधानमन्त्रीमा मनाउन एमसीसीको पक्षमा लाग्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोभिड–१९ महामारी र त्यसलाई नियन्त्रण गर्ने अहिलेको सवैभन्दा महत्वपुर्ण मुद्धामा केन्द्रित हुनुहुन्छ । त्यसै अनुसार राजनीतिक दल, सीसीएमसी, सरकारका प्रशासनीक निकायहरु र सुरक्षाकर्मीहरुलाई महामारी नियन्त्रणका लागि प्रभावकारी रुपमा परिचालित हुन आग्रह गरिरहनुभएको छ । एकबर्ष अघि नेपालमा महामारी देखिएसँगै प्रधानमन्त्रीको पहिलो प्राथमिकता नै नागरिकको जीवनको सुरक्षा थियो र हो । अहिले पनि प्रधानमन्त्री ओलीको प्राथमिकतामा नागरिकजनको सुरक्षा नै छ । जीवन रहे राजनीतिक पेशा, व्यवसाय र अर्थतन्त्र रहन्छ भन्ने प्रधानमन्त्रीको सोच हो । त्यसै बमोजिम प्रधानमन्त्री ओलीले आफ्नो पार्टी (नेपाल कम्युनिष्ट पार्टी) एमालेका नेता तथा कार्यकर्ताहरुलाई महामारीलाई नियन्त्रण गर्ने कार्यमा स्वयंमसेवक रुपमा लाग्न निर्देशन पनि दिनुभयो । 

एकातिर प्रधानमन्त्री ओली विकास निमार्णको नेतृत्व गदै अघि बढिरहनुभएको छ भने, अर्कातिर कोभिड महामारीविरुद्ध सरकारका सवै संयन्त्रलाई परिचालन गर्दै त्यसको नियन्त्रणमा लागिरहनुभएको छ । त्यसै अनुसार उहाँले सवै राजनीतिक दल, दलका नेता र कार्यकर्ताहरुलाई पनि महामारीविरुद्धको यो साझा लडाइँमा सहयोग गर्न आग्रह गरिरहनुभएको छ । तर नागरिकको जीवन सुरक्षागर्ने प्रधानमन्त्रीको अपिल विपरित पुष्प कमल दाहाल ‘प्रचण्ड’, शेरवहादुर देउवा र माधव नेपालहरु भने सत्ताको घिनलाग्दो षडयन्त्रमा लिप्त छन् । प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रचण्ड र माधव नेपालहरु देउवालाई प्रधानमन्त्री बनाउन लागि परेका छन् र त्यसका लागि सिद्धान्त, विचार नीति कार्यक्रम सवैको वली चढाउन उनीहरु तयार छन् । एमालेमै रहेर एमाले सिध्याउन लागि परेका माधव नेपालहरु आफूलाई पार्टी एकता पक्षधर भन्दै व्यवहारमा प्रचण्ड र देउवाका बफादार कार्यकर्ता भएका छन् । 

ओलीले गरेको विकास निमार्ण सहैय नभएपछि पार्टी र देशलाई ध्वंश गर्ने अभियानमा माधव नेपाल लागेको प्रमाणित भएको छ, जसका असली अगुवा प्रचण्ड र देउवा हुँदैहुन् । प्रधानमन्त्रीविरुद्ध संघिय संसदमा पनि कर्णाली काण्ड दोहोरयाउन माधव नेपाल लागेका छन् । त्यसैले उनी र उनको गुटका केही सदस्यलाई सांसदबाट समेत कारबाहि गर्नुपर्ने बाध्यतामा प्रधानमन्त्री ओली हुनुहुन्छ । हिजो नेकपा भित्र बसेर देश र जनताका पक्षमा रहेका बिभिन्न विकास र त्यस्तै परियोजनाहरुको बिरोधमा उत्रिएका प्रचण्ड माधव नेपालहरु आज ओलीलाई हटाउन काँग्रेस तयार भए ती सवै मुद्धा विचार त्याग्न राजी भएका छन र देउवालाई विना शर्त प्रधानमन्त्री मान्न उनीहरु लागेकै छन् । प्रचण्ड र माधव नेपालहरु ले प्रधानमन्त्रीका रुपमा ओलीलाई असफल पार्न अनेक तिगडम षडयन्त्र, र देशी विदेशी साँठगाँठ नगरेका होइनन् तर ती सवै साँठगाठ र षडयन्त्रहरु असफल भए । किनकी नक्कली एजेन्डा बोकेका र विदेशीका भरिया बनेका उनीहरुलाई नेपाली जनताको समर्थन थिएन र छैन । प्रचण्ड र माधव नेपालहरु ले कतिसम्म गरेभने हिजो ओलीलाई असफल पार्न एमसीसीको चर्को बिरोधमा उत्रिए, कार्यकर्ता उचाले र आफुहरु भयंकर राष्ट्रवादी भएको झयाली पिटे तर आज देउवाले आफू प्रधानमन्त्री बनेमा एमसीसी पास गर्ने बताएपछि प्रचण्ड र माधवहरु ओलीलाई हटाउन एमसीसी जस्ताको त्यस्तै पास गर्न पनि तयार भएका छन् । राजनीतिमा यो भन्दा लज्जास्पद अरु के हुन्छ ? आफ्नै अध्यक्ष प्रधानमन्त्रीहुँदा त्यसका बिरुद्ध षडयन्त्र गर्ने र आवरणमा विचार र मुद्धाको बिषय उठाउने प्रचण्ड र माधवहरु आज काँग्रेसका सभापतिलाई सत्ता बुझाउन आफै लागिपरेका छन् । र हिजो उठाएका सवै मुद्धाहरु ओलीविरुद्ध उठाएको र ती नक्कली भएको प्रमाणित गर्न आफै लागिपरेका छन् । यो प्रविती भनेको कम्युनिष्ट पार्टी समाप्त पार्ने देशलाई अस्थिरता र अविकास तर्फ धकेल्ने र आफ्नै घरमा आगो लगाएर छिमेकीको घरमा गएर रमिता हेर्ने ध्वंशात्मक प्रविति हो । माधव र प्रचण्डको राजनीति त त्यसैपनि समाप्त हुँदैछ तर कम्युनिष्ट पार्टी प्रति आड र भरोसा राख्ने उनीहरुका पछि लागेका  यूवा नेता र कार्यकर्ताहरुको पनि राजनीति समाप्त पार्न उनीहरु लागि परेका छन् । 
 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : १२ बजे