थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १७ हजार ५१८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ७७८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २८ हजार ८३६  रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २० जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ७५८  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : १२ बजे