आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नारदमुनीमाथि माधव नेपालले गरेको दुव्र्यवहार समस्त थारु सुमदायकै अपमान हाे : सांसद गंगा चौधरी  

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि गरेको दुव्र्यवहार प्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्नुहँदै सांसद चौधरीले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर माधव नेपालले धम्काउनु भनेको अधिनायकवादी चरित्र भएको बताउनुभयो । 
उहाँले रानामाथि भएको हमला समस्त थारु माथि भएको हमला भएको बताउँदै यो सदियौंदेखि हुँदै आएको शोषणको निरन्तरता भएको बताउनुभयो ।  

चौधरीले भन्नुभयो, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो । नारदमुनी रानाकोमात्र सवाल होइन,बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिनुभएको थियो  ।
 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ३१ बजे