‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर – मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट ड्यूटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दोलखा गौरीशंकर गाउँपालिका-२ घर भई भक्तपुर ठिमी चारदोबाटो बस्ने ३३ वर्षीय ध्रुब बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी आएका बस्नेतले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरी टोलीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : ०१ बजे