आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कांग्रेसकमा साढे आठ लाख क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाइयो, प्रतिवेदनमा कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’ 

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले प्रतिवेदन बुझाएका छन् ।

मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठ लामो प्रतिवेदन बुझाइएको हो।

आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवदेन बुझाइएको बताइएको छ । समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ । यता सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले क्रियाशील छानबिनको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । समितिले देशभरका क्रियाशील सदस्य विवादको समाधान नै नगरी पार्टीलाई प्रतिवेदन बुझाएको भन्दै गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेको बताएका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ०१ बजे