आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले लेखे प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले क्रियाशील छानबिनको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ ।

क्रियाशील छानबिनका लागि कांग्रेसले गठन गरेको समितिले आज पार्टीलाई क्रियाशीलको अन्तिम प्रतिवेदन पार्टीलाई बुझाउँदैछ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रतिवेदन बुझाउन लागिएको हो। समितिले देशभरका क्रियाशील सदस्य विवादको समाधान नै नगरी पार्टीलाई प्रतिवेदन बुझाउन लागेको भन्दै गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेको बताउनुभयो ।  रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको बुझिएको छ। क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ। सदस्यता विवादकै कारण आजदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिएको छ।

विवाद समाधान गरी प्रतिवेदन बुझाउन भन्दै कांग्रेसले रमेश लेखकको संयोजकत्वमा ७ जनाको क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : ४९ बजे