आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रहरीको दलबलसहित निर्वाचन आयोग पुगे रेशम चौधरी

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी प्रहरीको दलबलसहित निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनलाई प्रहरीले गाडीमा ल्याएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।

हालसम्म यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाको हस्ताक्षर पुगेको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ३३ बजे