आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अर्काको अपमान गर्दा गौरव ठान्ने माधव नेपाललाई कस्तो सम्मान चाहिने ?

काठमाडौं । प्रतिनिधि सभा राज्य व्यवस्था समितिको हिजोको बैठकमा संसदीय व्यवस्था, लोकतन्त्र र वाक स्वतन्त्रतालाई गिज्याउने घटना भयो । समितिको बैठकमा आफ्नो कुरा राख्न लागेका एमालेका सांसद् नारदमुनी रानालाई आफना कुरा राख्न दिइएन । उहाँको कुरा बीचमा काट्दै विधि, प्रक्रिया, लोकतन्त्र, वाक स्वतन्त्रताको रटान दिने पूर्वप्रधानमन्त्रीदेखि आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भन्ने दलका सांसद् एक मुख भएर खनिए ।

ती नेता र सांसद्ले उहाँको अभिव्यक्तिको प्रतिवाद मात्र गर्नुभएन उहाँलाई राजीनामा दिएर बैठक स्थलबाट बाहिरिन बारम्बार धम्की दिनुभयो । सांसद् रानाले बोल्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस, माओवादी र नेपाल समूहका सांसद् मिलेर उहाँलाई सांसद् पदबाटै राजीनामा दिएर बैठक स्थलबाट बाहिरिन धम्की दिनुभएको थियो ।

माधव नेपाल लगायतले अपमान गर्दै सांसद् पदबाट राजीनामा दिएर बैठकबाट निस्कन भनेपछि सांसद् नारदमुनी रानाले सो बैठकको अडियो भिडियो माग गर्नुभएको छ । आइतबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार भएको भन्दै चोर औँला ठड्याएर बैठकमा बस्ने अधिकार नभएको भन्दै सांसद् पदबाट राजीनामा दिएर बाहिर जान आदेश दिनुभएको थियो ।

नेपालले बोलेपछि कांग्रेस, माओवादी र नेपाल पक्षका सांसद् पनि रानाको बिरुद्ध एक मुख भएर खनिनु भएको थियो । सबै सांसद्ले उहाँलाई बैठकमा बोल्ने अधिकार नभएको भन्दै राजीनामा दिएर जान भनेर अपमान गरेका थिए । बैठकमा माधव नेपाल लगायतका अन्य सांसद् समेत रानाको जस्तै समान हैसियतमा समितिको सदस्यको रुपमा सहभागी हुनुभएको थियो ।

घटनापछि उहाँले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरी बैठकको रेकर्डिङ आवश्यक परेकोले उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ । संसद् र त्यसको विषयगत समितिमा सांसद्हरुले आफ्ना कुरा स्तन्त्रतापूर्वक राख्न पाउने अधिकार छ । तर सांसद् रानाले बोल्न लाग्दा विधिको कुरा गर्ने, मान सम्मानको कुरा गर्ने, हिजो अध्यक्ष ओलीले सम्मान गरेनन, अपमान गरे भन्ने माधव नेपाल  आज विपक्षीसँग मिलेर आफ्नैं सांसदलाई अपमानित व्यवहार गरेको भन्दै तिब्र आलोचना भईरहेको छ ।

नारदमुनी माथी नेपालले गरेको व्यवहार सामन्ती सोच र सर्वसत्तावादी शैली हावि भएको देखिन्छ । आफ्नै अध्यक्षबिरुद्ध विपक्षीसँग साँठगाँठ गरि आफनो शक्ति देखाउन विभिन्न हतकन्डाहरु उहाँले प्रयोग गर्दै आउनुभयो । आफुसँग भएका केही र ओलीबाट आएका केहीलाई मन्त्री बनाउन पनि नसक्ने एमाले छोडेर नयाँ गठन गर्नपनि नसक्ने र विस्तारै एकपछि अर्को कदममा असफल देखिनुभएका नेपालको व्यवहार आफ्नै सांसदमाथी अभद्र  र टिप्पणीबाट प्रदर्शित भएको हो । झट्ट हेर्दा नेपाल देउवा सत्ताका मुल्य खेलाडी जस्तो देखिनुहुन्छ तर सत्ताको उपभोग गर्न नपाउँदा उहाँ छटपटीनुभएको छ । उहाँलाई आफनै समुहका वैचारिक नेताहरुको समर्थन रहेको देखिदैन भने केही अतिवादी र उच्श्रृखल सांसदहरुले उचालेर आफ्नो निहित स्वार्थ सम्बोधन गराउन खोजेका छन् ।  र नेपालपनि केही थान मन्त्री केही राजदूत र केही नियुक्तीको लोभमा देउवा र प्रचण्डसँग अमैत्रिय गठबन्धन गर्न पुग्नुभएको छ । 

एकातिर आफ्नै नजिक भनिएका नेताहरुले साथ छोडनु, अर्कातिर मन्त्री बनाइदिन्छु भन्दै केही सांसदलाई आफनो क्याम्पमा ल्याउन सफल माधव नेपाल वाचा अनुसारको काम गर्न नसकेपछि अत्तालिनुभएको प्रष्टै देखिन्छ । र त्यही छटपटाहटको आक्रोषमा परेका हुन सांसद राना । माधव नेपाल जस्तै रानापनि निर्वाचित सांसद हुन् । संसद र संसदीय समितिमा उहाँको हैसियत समान हो । अझ राना प्रधानमन्त्री देउवाका धर्मपत्नी आरजुलाई हराएर कैलालीबाट निर्वाचित हुनुभएको हो । त्यतिमात्रै होइन उहाँ थारु समुदायबाट सरकारमा सहभागी हुने पहिलो क्याबिनेट मन्त्रीपनि हुनुहुन्छ् । राना माथीको  नेपालको आक्रोष उहाँ ओली समुहका सांसद मात्रै भएर होइन, थारु समुदायमाथीको समेत अपमान हो । आफु अपमानित भए भनेर सार्वजनिक अभिव्यक्ति दिदै हिड्नेले अरुको सम्मान गर्न पनि जान्नुपर्दछ । आफ्नै पार्टीका सांसदलाई संसद भवनभित्रै बिपक्षीसँग मिलेर तथानाम गाली, बेईज्जती गर्दा आफुले पनि ईज्जत पाईदैन भन्ने कुराको ख्याल नेपाललाई पनि हुनुपर्ने हो । होइन भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने जस्तो चुनाबी घोषणा पत्र र जनताबीच गरिएका वाचा कबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको काँग्रेसलाई सत्ता सुम्पिने ठुला नेताका कुरा मात्रै ठुला भनेजस्तो मात्रै होला ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ११ बजे