‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कञ्चनपुरमा बजार खोल्ने समय बिहान ८ देखि दिउँसो ३ बजेसम्म मात्रै

कञ्चनपुर। कञ्चनपुर जिल्लाका सबै बजारहरू निश्चित समयमा मात्रै खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका ९ वटै स्थानीय तहमा रहेका सानाठूला सबै बजारहरू बिहान ८ देखि दिउँसो ३ बजेसम्म मात्रै तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी खोल्न पाउने आदेश जारी गरेको छ । यही बैशाख १५ गते बुधबारदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी दिउँसो ३ देखि अर्को दिन बिहान ८ बजेसम्म र शनिबार चौबीसै घण्टा बजार बन्द गर्नुपर्ने छ ।

त्यस्तै, बुधबारदेखि नै छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो  स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सवारी साधनलाई जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न आदेश दिइएको छ ।

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण कञ्चनपुरमा समेत उच्च दरमा फैलिएकोले सोको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएको आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिभिन्न निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ५२ बजे