काठमाडौँ । जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन उचित नभएको आदेश सुनाएको हो । उक्त विषयमा छलफल गर्नका लागि सर्वोच्चले साउन १५ गते विवादका दुवै पक्षलाई बोलाएको छ ।निर्वाचन आयोगले जसपाको विवाद निरुपण गर्नका लागि अध्यक्ष उपेन्द्र यादव र ठाकुर पक्षलाई साउन ११ गते निर्वाचन आयोगमा सनाखतका लागि बोलाउने निर्णय गरेको थियो । तर, ठाकुरले भने उक्त सनाखत रोकिपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका गर्नुभएको थियो ।
निर्वाचन आयोगले कार्यकारीणी सदस्यलाई नागरिकता सहित बोलाएपछि उपेन्द्र यादव पक्ष भने आफु पक्षीय र ठाकुर पक्षबाट तानेका सदस्य लिएर ललितपुरको रिर्सोटमा बसिरहेका छन् । रातारात आफु पक्षमा लागेका सदस्यहरु उता तानिने डरले उनले कार्यकारीणी सदस्यलाई रिर्सोटमा राखेका हुन् ।
प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार ६ : १३ बजे
प्रतिक्रिया