एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा

काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमा मार्फत अलमुताइरी आफुले राजिनामा दिन लागेको जानकारी दिनुभएको हो । 

अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताउनुभएको छ । 

अल्मुताइरीले आफुले राजीनामा दिनुको पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको  उल्लेख गर्नुभएको छ ।  उहाँले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्‍याउन खोजेको बताउनुभएको छ । 

अलुताइरीको प्रशिक्षणमा नेपालले पछिल्लोपटक एसियाली विश्वकप छनोट र एसिया कपको छनोट चरण खेलेको छ ।राष्ट्रिय फुटबल टिम उहाँकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।

​​​​​​​

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : ४६ बजे