दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भाडा बढाउन माग गदै आजपनि व्यवसायीले सडक अबरुद्ध पारे (तस्विरहरु)

काठमाडौं । लामो समयदेखि काठमाडौंमा गुडने टयाक्सीको भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले आजपनि सवारी साधनसहित विरोध प्रदर्शन शुरु गरेका छन् । एक साताअघि करिब १२ हजार ३ सय ५० वटा टयाक्सीले भाडा बढाउनुपर्ने माग गदै काठमाडौंको कोटेश्वर, ग्वार्खो लगनखेल, जावलाखेल लगायत चक्रपथ क्षेत्रमा  जुलुस निकालेपनि मागको सुनुवाई नभएको भन्दै आज फेरि प्रदर्शन गरेका हुन । उनीहरुले गरेको प्रदर्शनका कारण विहानैदेखि काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

उनीहरुले १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीले बिरोध जनाएका हुन। 

व्यवसायीहरूले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा समायोजन गरेको तर छोटो दूरीमा गुड्ने गाडीहरुमा भाडा समायोजन नगरेको भन्दै बिहीबार चक्रपथ र अन्य सडकमा खाली गाडी गुडाएर आन्दोलन गरेका छन् । इन्धनको मूल्य पटक पटक बृद्धि भएको, महँगी बढेको, राजश्वमा बृद्धि गरेको तर भाडामा नौ वर्षदेखि समायोजन नगरेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद सिटौलाले बताउनुभयो । सबै क्षेत्रमा गुड्ने सार्वजनिक सवारीमा समान रुपमा भाडा समायोजनको माग गरे पनि वेवास्ता गरेपछि सडकमै उत्रिनुपरेको उहाँले बताउनुभयो । दुई वर्षदेखि ठप्प भएको यातायात व्यवसायमा सरकारले सहुलियत र मजदुरका लागि राहतको व्यवस्था गर्न पटक पटक माग गरे पनि सुनुवाइ नभएको उहाँले गुनासो पोख्नुभयो ।

सरकारले असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय गरेको थियो । नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदनले अन्तरप्रदेशस्तरमा भाडादर समायोजन गर्ने अधिकार यातायात व्यवस्था विभागलाई दिएको र प्रदेशभित्र र स्थानीय तहभित्र सञ्चालित सार्वजनिक सवारीसाधनका लागि भने सम्वन्धित प्रदेश सरकार र स्थानीय तहले भाडादर समायोजन गर्ने अधिकार दिएकाले विभागको जिम्मेवारी नभएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ रिजालले बताउनुभयो । सरकारले २०६५ चैत २० गतेदेखि वैज्ञानिक भाडा निर्धारण प्रक्रिया शुरु गरेको थियो । २०६९ सालपछि पहिलो पटक सरकारले भाडा समायोजन गरेको छ तर सबै क्षेत्रमा गुड्ने सवारीसाधनमा लागु गर्न व्यवसायीहरुले माग गरेका छन् । 

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : १४ बजे