दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कोरोना सङ्क्रमित पाँच जनाको मृत्यु

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमापाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र गुल्मीका दुई –दुई जना, र प्युठानका एकजना रहेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ की ३२ वर्षीय महिला, बुटवल ७ का ४४ वर्षका पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानकोे सुमारानी २ की ६३ वर्षीय महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताउनुभयो । उनीहरूको शनिवार साढे १ बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ०४ बजे