धनुषा– जनता समाजवादी पार्टी (जसपा)का सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
काठमाडौंमा नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई पार्टीमा स्वागत गर्नुभयो ।
पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने बताउँदै समान व्यवहार गरिने बताउनुभयो । उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिनेसमेत उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार ११ : १० बजे
प्रतिक्रिया